काठमाडौं : ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा कदरपत्रबाट सम्मानित हुनुभएको छ।नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वरिष्ठ उपरीक्षक थापालाई कदरपत्र प्रदान गर्नुभएको हो।
नेपाल प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, सेवा प्रवाह तथा संगठनको जिम्मेवारी निर्वाह गर्ने क्रममा उत्कृष्ट योगदान पुर्याउने प्रहरी अधिकारीहरूलाई सम्मान गर्ने क्रममा थापालाई कदरपत्र प्रदान गरेको हो।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्मानले प्रहरी कर्मचारीलाई थप जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी भएर काम गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले बदलिँदो सुरक्षा चुनौती र प्रविधिको विकासअनुसार प्रहरी सेवाको प्रभावकारिता बढाउन तथा मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो।
७१औँ प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदरपत्रले प्रहरी वरिष्ठ उपरीक्षक थापाको व्यावसायिक योगदानको कदर गर्नुका साथै आगामी दिनमा थप जिम्मेवारीका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित हुन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij