Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

आँबुखैरेनी :   तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भएर सडकबाट करिब सात मिटर तल नालीमा खसेको थियो ।


दुर्घटनामा घाइते भएका आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई उपचारका क्रममा साँझ ६स्२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

क्जष्खबm ऋझभलत
दुर्घटनामा सोही ठाउँका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् । उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


जिपमा आठ जना सवार थिए । दुर्घटनापछि प्रहरीले चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट