Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

ठगी आरोपमा पक्राउ परेकी कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

ठगी आरोपमा पक्राउ परेकी कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

v

काठमाडौँ :  इजरायलमा केयरगिभरका रूपमा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले साेमबार जाहेरी तथा उपलब्ध प्रमाणमा उनको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो। 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो।

खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार(असाेज २३) पक्राउ गरेको थियाे।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए ।

केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट