Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

साउदीको रियाद विमानस्थलमा फेरि आक्रमण, १२ जनाको मृत्यु, ३०० घाइते

साउदीको रियाद विमानस्थलमा फेरि आक्रमण, १२ जनाको मृत्यु, ३०० घाइते

काठमाडौंः साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आक्रमण भएको छ।साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार शनिबार अबेर राति किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरिएको हो। जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।

आक्रमणमा ४ साउदी नागरिक, २ बंगलादेशी, १ अमेरिकी, १ इजिप्टेली, १ जोर्डनी, १ सिरियाली, १ प्यालेस्टिनी र १ सुडानी नागरिकको मृत्यु भएको हो। बितेका २० दिनमा रियाद विमानस्थलमा शनिबार चौथोपटक आक्रमण गरिएको हो। प्राधिकरणका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।

आक्रमणले भौतिक क्षति पनि भएको छ, जसको विवरण संकलन गरिँदै छ। यसअघि बिहीबार पनि रियाद विमानस्थलमा हुथीले आक्रमण गर्दा एक पाइलटसहित कम्तीमा तीन साउदी नागरिकको मृत्यु भएको थियो।

शनिबारको आक्रमणको जिम्मा हुथीले लिइनसकेको अल जजिराले जनाएको छ। तर, इरान–समर्थित उक्त समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिएको छ। समूहले मक्का र मदिनाजस्ता पवित्र सहरमाथिको आकाशबाहेक त्यहाँ सञ्चालन हुने कुनै पनि विमान आफ्नो निसानामा पर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट