काठमाडौँ : कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले १९.६८० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का २५ वर्षीय डेबिट चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij