Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

पिन्थलीमा लेदो हटाइयो, बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

पिन्थलीमा लेदो हटाइयो, बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

लेदोसहितको पहिरोका कारण रातिदेखि अवरुद्ध भएको सडकमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन तथा सम्बन्धित निकायले यात्रा गर्नुअघि स्थानीय प्रहरी, प्रहरी सञ्चारको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट