काठमाडौं : नेपाली कांग्रेसका नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। भण्डारीले खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका हुन्।
२०५५ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा सक्रिय भण्डारी धादिङका राजनीतिक व्यक्तिका रूपमा परिचित छन्। उनी लामो समयदेखि कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
भण्डारी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत हुन्। युवा संगठनमार्फत पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्।
१५औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका भण्डारीले आफूले लामो समयदेखि पार्टीमा गरेको योगदान, संगठनसँगको निरन्तर सम्बन्ध र राजनीतिक सक्रियतालाई प्रतिनिधिमाझ प्रस्तुत गर्ने तयारी गरेका छन्।
धादिङको कांग्रेस राजनीतिमा आफ्नो प्रभाव बनाएका भण्डारीको उम्मेदवारीसँगै १५औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij