Logo

Oct 06 2026 | २०८३, आश्विन २०गते

८ जना पक्राउ प्रकरणमा अदालतबाट म्याद लिएर प्रहरीले थाल्यो अनुसन्धान

८ जना पक्राउ प्रकरणमा अदालतबाट म्याद लिएर प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जिपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा खुल्न आएका ८ जनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर असोज १६ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि विभिन्न ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि आर्थिक प्रस्तावका दस्तावेज परिवर्तन गरेको आरोप छ ।पक्राउ परेकाहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट