Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

चितवनमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

चितवन :  चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बेलुका करिब ७:२० बजे सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र. ०६–००५ प १६१० नम्बरको बुलेट मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किएको थियो।

दुर्घटनामा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देबेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ घर भई हाल भरतपुर–११ बस्दै आएका २८ वर्षीय सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा देबेन्द्र थापालाई बेलुका ८:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइते सागर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट