Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

नुवाकोट–२ मा मतगणना रोक्न कांग्रेसको निर्देशन, अनियमिततामाथि छानबिन हुने

नुवाकोट–२ मा मतगणना रोक्न कांग्रेसको निर्देशन, अनियमिततामाथि छानबिन हुने

काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना रोक्न निर्देशन दिएको छ।समितिले नुवाकोट जिल्ला निर्वाचन समितिलाई पत्र जारी गर्दै मतगणना कार्य यथास्थितिमा राख्न निर्देशन दिएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा हस्ताक्षर गरिएको पत्रमा मतदान प्रक्रियाका क्रममा विभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरूको हस्ताक्षर फरक-फरक रहेको र मतपेटिकाको सिल फुटेको जस्ता गम्भीर अनियमितताहरू फेला परेको उल्लेख  छ।

यी अनियमितताहरूबारे छानबिन गर्नुपर्ने देखिएकाले अन्तिम निर्णय नभएसम्मका लागि मतगणना कार्य रोक्नुपर्ने निर्णय गरिएको समितिले जनाएको छ। साथै, बाँकी रहेका मतपत्र र मतपेटिकाहरूलाई सुरक्षित साथ सिलबन्दी गरी राख्न पनि पत्रमा निर्देशन दिइएको छ। सदस्यसचिव कटुवालले जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर खजुजीलाई पत्र लेखेर मतगणना रोक्न आदेश दिएका हुन्।

त्यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापाका ससुरा तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य समेत रहेका अर्जुन नरसिंह केसी अर्का ससुरा केन्द्रीय सदस्य डाक्टर केदार नरसिंह केसी नुवाकोटका पूर्वजिल्ला सभापति तथा गगन थापाका ससुरा जगदीश्वर नरसिंह केसी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। 

सभापति थापाले अर्जुन नरसिंह केसीकी छोरीसँग विवाह गरेका छन्। त्यही क्षेत्रबाट सहमहामन्त्री बहादुर सिंह लामा पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिए। नुवाकोटका एक कांग्रेस नेताका अनुसार केन्द्रमा रहेका नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित हुने सम्भावना देखिएपछि फरकफरक हस्ताक्षरका फर्जी मतपत्र निर्माण गरेर मतपेटिकामा खसाइएको थियो। मत गणनाका क्रममा गणकहरूले ख्याल गर्दा फरक फरक हस्ताक्षर देखिएपछि उनीहरूले ती मतपत्र प्रतिस्पर्धीहरूलाई देखाएपछि विवाद भएको थियो। 

त्यहाँको निर्वाचन समितिले त्यो विवाद दबाब र प्रभावमा पारेर मिलाउने प्रयास गरेको थियो। तर प्रतिस्पर्धीहरूले केन्द्रीय निर्वाचन समितिसम्म पुर्‍याएपछि निर्वाचन समितिले मतगणना स्थगित गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो। 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव कटुवालले छानबिन गर्नुपर्ने देखिएकाले तत्कालका लागि रोक्न निर्देशन दिएर पत्र लेखेको बताए ।

congress.webp
undefined

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट