काठमाडौँ : त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।
एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ। समितिलाई पाँच दिनको समय दिइएको छ ।
रिद्धीसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij