चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति सदस्य पदमा सूर्यचन्द्र खतिवडाले उम्मेदवारी घोषणा गरेका छन्। रत्ननगर–९ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका खतिवडाले पार्टी संगठनलाई थप सुदृढ र चलायमान बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएका हुन्।
वैदेशिक रोजगार तथा व्यावसायिक क्षेत्रको अनुभव हासिल गरेका खतिवडा सामाजिक तथा धार्मिक संघसंस्थामा समेत सक्रिय रहँदै आएका छन्। उनले पार्टीभित्र आन्तरिक एकता, पारदर्शिता, जवाफदेहिता र समावेशी सहभागितालाई प्राथमिकता दिने बताएका छन्।
वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई मजबुत बनाउँदै युवा तथा नयाँ पुस्तालाई पार्टीसँग जोड्ने र स्थानीय जनसमस्यालाई पार्टीका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको खतिवडाले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij