Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

टप एन्ड टी–२० मा नेपालको पहिलो खेल आज, एनटी स्ट्राइकसँग भिड्दै

टप एन्ड टी–२० मा नेपालको पहिलो खेल आज, एनटी स्ट्राइकसँग भिड्दै

काठमाडौंः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै छ। नेपालले आज आयोजक नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकसँग खेल्दै छ।नेपाल र एनटी स्ट्राइकबीचको खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ। नेपाल यसपटक नेपाल ए टोलीका साथ मैदानमा उत्रँदैछ, कप्तानमा अनिल शाह छन्। एनटी स्ट्राइकको कप्तानमा डार्शी शर्ट छन्।

एनटीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर पनि समावेश छन्। गत संस्करणमा खेलेकामध्ये डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा समावेश छन्।

नेपालले गत संस्करण पनि एनटी स्ट्राइकसँग खेलेको थियो जहाँ ४२ रनले पराजित भएको थियो। नेपालले लगातार दोस्रोपटक टप एन्ड टी–२० खेल्न लागेको हो। गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको हो।

नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ।

नेपालको खेल तालिकाः

अगस्ट २१ (५ भदौ) – एनटी स्ट्राइकविरुद्ध नेपाल

अगस्ट २२ (६ भदौ) – नेपालवरुद्ध बंगलादेश हाई–परफर्मेन्स

अगस्ट २४ (८ भदौ) – नेपालविरुद्ध हरिकेन्स

अगस्ट २६ (१० भदौ) – नेपालविरुद्ध एसीटी कमेट्स

अगस्ट २७ (११ भदौ) – नेपालविरुद्ध किङ्समेन

अगस्ट २९ (१३ भदौ) – नेपालविरुद्ध भिक्टोरिया

नेपालको टोलीः अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट