Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खैरो हिरोइन जस्तो देखिने पदार्थसहित महिला पक्राउ

खैरो हिरोइन जस्तो देखिने पदार्थसहित महिला पक्राउ

चितवन  : चितवनको भरतपुर महानगरपालिका–१८ बाट खैरो हिरोइन जस्तो देखिने लागू औषधसहित एक महिला पक्राउ परेकी छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले भरतपुर–१८ निवासी ३२ वर्षीया ज्योती तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले कानुनबमोजिम खानतलासी गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने ३.९६ ग्राम पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेकी तामाङविरुद्ध लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यसका लागि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट