Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौँ :  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।

सडक माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij