Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

सुर्खेतमा एक महिला मृत अवस्थामा फेला

सुर्खेतमा एक महिला मृत अवस्थामा फेला

सुर्खेत : सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्। 

मंगलबार बिहान ७ बजे भान्जीको घर जान्छु भनी घरबाट निस्किएकी कसेरा सम्पर्कविहीन भएकी थिइन्।  भान्जीको घरमा नपुगेपछि आफन्तहरूले उनको खोजी गर्ने क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहोराले बताए। घटनाबारे जानकारी थप अनुसन्धान अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij