रत्ननगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको जिल्ला सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। पार्टीको प्रथम जिल्ला अधिवेशन आइतबार भरतपुर महानगरपालिका–४ स्थित स्वादसदन पार्टी प्यालेसमा हुँदैछ।
जिल्ला सभापति पदका लागि वर्तमान सभापति कृष्ण भूषाल, एकराज बुर्लाकोटी, प्रकाश आचार्य, मिनी माधव खनाल र मनबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन्।अधिवेशनको उद्घाटन चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा हरि ढकाल ले गर्ने कार्यक्रम रहेको छ।
जिल्ला सभापति कृष्ण भूषालका अनुसार अधिवेशनमा ४९० जना प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। रास्वपाको चितवन जिल्ला नेतृत्व चयनका लागि हुने यस अधिवेशनलाई पार्टीको संगठन विस्तार र आगामी राजनीतिक रणनीति निर्धारणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij