काठमाडौंः मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा पराजित नेपाली टिमले आज तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ।
एसियन गेम्समा छनोटका लागि आज चीनमाथि जित्नै पर्ने दबाबमा नेपाली टिम छ।मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएसँगै अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाबमा परेको हो। मलेसियालाई हराएको भए नेपाल एक खेल अगाडि नै एसियन गेम्समा छनोट हुने थियो। त्यो अवसर गुमाएको नेपाल आज दबाबमा हुनेछ। नेपाल र चीनबीचको खेल आज बिहान ७ः१५ बजे सुरु हुँदैछ।
एसियन गेम्सको छनोट चरण पार गर्न नेपाल तेस्रो बन्नुपर्ने छ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्न लागेको हो। फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड छनोट भइसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij