Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

लिग टु क्रिकेट : अमेरिका र स्कटल्यान्ड खेल्दै

लिग टु क्रिकेट : अमेरिका र स्कटल्यान्ड खेल्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा आज अमेरिका र स्कटल्यान्डबीच खेल हुँदैछ। 

खेल विहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेट।  दुवै टोलीको समान ३६ अंक छ। राम्रो रनरेटका कारण अमेरिका शीर्षस्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा।  स्कटल्यान्डले २९ खेल खेलेको छ भने अमेरिकाले २४ खेलमात्र खेलेको छ। 

अमेरिका शीर्षस्थान कायमै राख्न चाहन्छ भने स्कटल्यान्ड लिग २ को उपाधि रक्षा गर्ने दाउमा छ। अमेरिकाले नेपालको यस लिग २ शृंखलामा पहिलो पटक खेल्न लागेको हो। नेपालमा खेलिने ४ खेलमा आफूअनुकूल नतिजा ल्याए अमेरिका लिग २ को विजेता बन्ने बलियो सम्भावना छ।  स्कटल्यान्डले मंगलबार नेपाललाई २ रनले पराजित गरी अमेरिकासँगै समान अंक बनाएको थियो। 

जर्ज मुन्सीले ब्याटिङमा ७५ रन बनाउनुका साथै ब्राड कुरीले कसिलो बलिङ गर्दै ३ विकेट लिएपछि स्कटल्यान्डले कीर्तिपुरमा नेपालमाथि पहिलो जित हात पारेको थियो।

स्कटल्यान्ड सन् २०२३ मा पछिल्लो पटक काठमाडौं आउँदा नेपालसँग दुवै खेलमा पराजित भएको थियो। तर नामिबियालाई दुवै खेलमा पराजित गर्दै स्कटल्यान्ड नेपाली भूमिमा लिग २ को विजेता बनेको थियो। 

अमेरिका सन् २०२० यता पहिलो पटक नेपाल आएको हो। अमेरिका पछिल्लो पटक काठमाडौं आउँदा नेपाल र ओमानसँग २–२ खेलमै पराजित भएको थियो। 

त्यसमा नेपालसँगको खेलमा टोली ३५ रनमै अलआउट भएको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा सानो स्कोर थियो।र नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले टोली सम्हालेयता अमेरिका फेरिएको छ र लगातार जित निकाल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट