काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि नेपाल र भारतबिचका पुराना सन्धि सम्झौता पुनरवलोकनको बाटो खुलेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणपछि स्वदेश फर्केर सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भने, 'पुराना सन्धिहरूको पुनरवलोकन गर्न बाटो खोलेर आएका छौं । त्यसका लागि भिजन डकुमेन्टले मार्ग प्रशस्त गरेको छ ।'
भ्रमणका क्रममा दुवै देशले संयुक्त वक्तव्य जारी गर्नु पनि भ्रमण सौहार्दपूर्ण र फलदायी भएको उदाहरणका रुपमा प्रस्तुत गरे ।
'विगतमा आ–आफ्नो हिसाबले कुरा राख्ने गरिएको थियो । यसपटक दुवै देशले जोइन्ट स्टेटमेन्ट जारी गरेका छौं । त्यसले भ्रमण फलदायी भयो भन्ने देखाउँछ,' परराष्ट्रमन्त्री खनालको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij