Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

 काठमाडौँ :  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ ।विधान सभामा विदुथलाई चिरूथाइगल ९भीसीके०ले तामिलगा भेट्री कझागम  (टीवीके) प्रमुख जोसेफ विजय ९विजय थालापति० लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ ।

टीभीके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए । उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन् । शनिबार वीसीकेले आधिकारिक रूपमा विजयलाई समर्थन गर्ने घोषणा गरेको छ । कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ ।वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेका छन् । 

तमिलनाडुमा २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टीभीकेले १०८ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट