Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

बाँके : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।

नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट