Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्री गुरुङको निर्देशन

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट