Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री बालेनले दिए मोदी र सरिफलाई धन्यवाद

प्रधानमन्त्री बालेनले दिए मोदी र सरिफलाई धन्यवाद

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफलाई धन्यवाद दिएका छन् ।  हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई दुवै देशका प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले दिएका शुभकामना र सदभावनापूर्ण सन्देशप्रति आभार प्रकट गर्दै नेपालले दुवै देशबिचको बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका छन् ।

साथै, दुवै देशका जनताको साझा समृद्धिका लागि आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेनले पाकिस्तान सरकारसँग दुई पक्षीय सम्बन्ध तथा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउँदै जनताको प्रगति र समृद्धिका लागि सँगै काम गर्ने अपेक्षा राखेको समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट