Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अमरेश सिंह भन्छन्- सांसदकै रूपमा देश र जनताको सेवा गर्नेछु

अमरेश सिंह भन्छन्- सांसदकै रूपमा देश र जनताको सेवा गर्नेछु

काठमाडौं : रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् ।

‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह नेतृत्वमा गठन हुने मन्त्री बन्नेहरूको सूचीमा सिंहको नाम पनि चर्चामा थियो । तर अन्तिम समयमा आएर उनको नाम मन्त्री सूचीबाट आउट भएको थियो ।

उनले आफू सांसदकै रूपमा देश र जनताप्रति इमान्दार भएर काम गर्ने बताएका छन् । ‘म सांसदकै रूपमा देश र जनताप्रति इमानदारीपूर्ण रूपमा सेवा गर्नेछु,’ सांसद सिंहले भनेका छन्, ‘पार्टी र सरकारसँगको सहकार्यमा सम्पूर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट