काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३
लाख १७ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५७२० मै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको ५७२० मा नै कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij