भरतपुर : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार **मीनाकुमारी खरेल**को घरदैलो अभियान थप उत्साहजनक बन्दै गएको छ। उनी प्रत्यक्ष रूपमा मतदाताको घर–आँगन, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रमहरूमा पुगेर जनसम्पर्कलाई तीव्र बनाइरहेकी छन्।
घरदैलो अभियानका क्रममा खरेल जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाबाट आत्मीय स्वागत, माया र समर्थन पाइरहेकी छन्। समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएकी खरेलले विगतमा समाजका लागि पुर्याएको योगदानका कारण मतदाताबाट व्यापक साथ, हौसला र आशीर्वाद पाउँदै आएको स्थानीयहरूको भनाइ छ।
चुनावी अभियान अन्तर्गत बिहीबार उनले **इच्छाकामना गाउँपालिका**का विभिन्न स्थानहरू— मुग्लिन बजार, केबलकार बजार, **भरतपुर–२९ स्थित सिमलताल र भतेरी लगायतका ठाउँमा घरदैलो कार्यक्रम सञ्चालन गरिन्।
उनको अभियानमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय बासिन्दाहरू भन्छन्, “उहाँ हाम्रो सुख–दुःखमा साथ दिनुहुन्छ, त्यसैले हामी उहाँलाई साथ दिन तयार छौँ।” यही आत्मीय सम्बन्धका कारण धेरैले खरेललाई ‘जनताको उम्मेदवार’को रूपमा चिन्ने गरेका छन्।
मतदाताबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको खरेलले बताइन्। राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा लिँदै आएकी उनले विकासका काममा सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ,” उनले भनिन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा उनको घरदैलो अभियान थप तीव्र बन्दै गएको छ भने अभियानप्रति जनउत्साह समेत बढ्दै गएको देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij