Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

चितवन : आगामी फागुन २१ मा हुने निर्वाचनमा चितवन २ बाट एमालेका युवा नेता राम कार्कीले उम्मेद्वारी दिने आकांक्षा व्यक्त गरेका छन् । चितवनको निर्वाचत क्षेत्र नम्बर २ रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो ।

एमाले नेता राम कार्की राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष हुन् । यस अघि चितवन २ बाट २ पटकसम्म निर्वाचित बनेका एमालेका कृष्णभक्त पोखरेललाई जिताउन कार्कीको ठूलो भूमिका रहेको छ । कार्की भन्छन्, ‘कृष्णभक्त पोखरेल चुनाव लडेका बेला म हरेकको घरमा गएर भोट मागेको छु र दुई पटकसम्म जिताउन सफल पनि भएँ ।’

 

त्यसपछि भएको चुनावमा कृष्णभक्त पोखरेललाई पराजित गर्दै रवि लामिछाने विजयी भएका थिए । त्यसपछि पुनः भएको उपचुनावमा एमालेबाट नेता रामप्रसाद न्यौपाने चुनाव लडेका थिए । उनलाई पनि पराजित गर्दै फेरि रवि लामिछाने नै विजयी भएका थिए । राम कार्की भन्छन्, ‘यी सबै चुनावमा चितवन २ का हरेक मतदाताको घरममा पुगेर भोट माग्ने व्यक्ति हुँ म ।’ युवा उम्मेद्वार बन्नुपर्छ भनेर चर्चा भइरहेका बेला युवा नेता राम कार्कीले आफू उठ्ने आकांक्षा व्यक्त गरेका हुन् । कार्की भन्छन्, ‘म चितवन २ मा रवि लामिछानेसँग चुनावमा भिड्न तयार छु । मलाई मतदाताले पक्कै पनि रुचाउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट