Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी

दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी

काठमाडौं : सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि पहिलो सुनुवाइ हुने भएको छ । यसअघि हिजो पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो । कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको गृहमन्त्रालयले दाबी गरेको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट