सुर्खेत : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’ पुनः चुनाव लड्ने भएका छन्। प्रलोपाको बुधबार बसेको जिल्ला कमिटी बैठकले शर्मालाई उम्मेदवारका लागि एकल रूपमा सिफारिस गरेको हो।
शर्माले यसअघि नेकपा माओवादी केन्द्रबाट लगातार चुनाव जित्दै आएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि रुकुम पश्चिममा उनको एकछत्र प्रभाव रहँदै आएको छ।
पछिल्लो समय माओवादी विभाजनपछि रुकुमका धेरैजसो नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन्। जनार्दन शर्माले भने नयाँ दल प्रलोपा गठन गरी संगठन निर्माणमा सक्रिय रहेका छन्।
शर्माको पुनः उम्मेदवारीसँगै रुकुम पश्चिमको राजनीतिक माहोल थप रोचक बन्ने देखिएको छ। यहाँ नेकपाबाट गोपाल शर्मा उम्मेदवार बनेका छन्, जो कुनै समय जनार्दन शर्माकै ‘किचन क्याबिनेट’ का सदस्यका रूपमा चिनिन्थे। तर पछिल्लो समय उनले शर्मा छाडेर प्रचण्ड पक्ष रोजेका थिए।
यस्तै, नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बन्ने भएका छन्। प्रमुख दल र नयाँ शक्ति मैदानमा उत्रिएसँगै रुकुम पश्चिममा कडा चुनावी प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij