नवलपुर : नवलपुरको गैँडकोट निवासी लक्ष्मी घिमिरे पाण्डे आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो सीओटी बन्न सफल सफल हुनुभएको छ । कम्पनीकी सिनियर एजेन्सी म्यानेजर पाण्डे कम्पनीको सन् २०२६ का लागि पहिलो सिओटी बन्नुभएको हो ।


विसं २०८१ बाट जीवन बिमा क्षेत्रमा प्रवेश गर्नुभएकी घिमिरे एक वर्षभित्रै मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि टेबल (सीओटी) मा पर्न सफल हुनुभएको हो । एमडीआरटी बन्नका लागि एक वर्षमा करिब ५४ लाख रुपैयाँको बिमा प्रिमियम शुल्क संकलन गर्नुपर्नेमा त्यसको तीन गुणा प्रिमियम संकलन गर्दा सीओटीमा सदस्यता पाइन्छ । विश्वबाट एक वर्षमा जम्मा ६ हजार जनाले मात्रै सीओटी लक्ष्य पूरा गर्ने गरेका छन् ।


यससँगै उहाँ सन् २०२६ को लागि आइएमई लाइफको पहिलो एमडीआरटी समेत हुनुहुन्छ । विभिन्न बाधा र चुनौतिलाई छिचोल्दै प्रतिकूल अवस्थाका बावजुद पनि लक्ष्मीले यो सफलता हात पार्न सफल हुनुभएकी उहाँका श्रीमान् तेजनारायण पाण्डेले बताउनुभयो । उहाँको समर्पण र व्यावसायिक उत्कृष्टताप्रति अटल प्रतिबद्धताले आईएमई लाइफकै लागि कोसेढुङ्गा स्थापित गरेको पाण्डेको भनाइ छ ।


कम्पनीका बजार प्रमुख आई आर सुवेदीले आज गैँडाकोटमा आयोजित कार्यक्रममा यो उपलब्धिले पाण्डेको व्यक्तिगत सफलतालाई मात्र नभई बीमा क्षेत्रभरिका सहकर्मीहरू र आकांक्षी पेशेवरहरूलाई पनि प्रेरणा दिने बताउनुभयो । उहाँले पाण्डेको उपलब्धिमा गर्व व्यक्त गर्दै उहाँको कडा परिश्रम र दृढ संकल्पले शाखाको प्रतिष्ठालाई उच्च बनाएको र भविष्यमा अन्य अभिकर्ताहरुलाई पनि यो सफलता पाउनका लागि प्रेरणा मिल्ने बताउनुभयो ।


आइएमई लाइफ इन्स्योरेन्स जस्तो प्रतिष्ठित बीमा कम्पनीमा काम गरी कम्पनीको पहिलो सीओटी बन्न पाउँदा आफू निकै उत्साहित रहेको लक्ष्मीले बताउनुभयो । साथै, आफ्नो परिवार तथा वर्तमान परिस्थतीमा बढ्दो बीमाको आवश्यक्तालाई महसुस गर्दै यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij