Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

महोत्तरीमा मोटरसाइकलसहित १० केजी गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

महोत्तरीमा मोटरसाइकलसहित १० केजी गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

महोत्तरीको औरही नगरपालिका–१ मा प्रहरीले चेकजाँचका क्रममा बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलबाट १० केजी गाँजा बरामद गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार–वैशालीका २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मद छन्। उनीहरूको झोलामा प्लास्टिकले बेरेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद सामान र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट