Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट गम्भीर आर्थिक संकटमा, बैंकको ३५ दिने अल्टिमेटम

पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट गम्भीर आर्थिक संकटमा, बैंकको ३५ दिने अल्टिमेटम

काठमाडौँ: पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट गम्भीर वित्तीय संकटमा परेका छन्। मुलुककै चर्चित पोल्ट्री व्यवसायी विष्टले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले सूचना प्रकाशित गरेको छ।

विष्टले सञ्चालन गरिरहेको अविनाश ह्याचरी प्रालिले कुमारी बैंकबाट लिएको ऋण नतिरेपछि ३५ दिनभित्र ऋण तिर्न आउन सूचना प्रकाशित गरेको हो। अविनास ह्याचरीले कुमारीको शाखा कार्यालय नारायणगढबाट ऋण लिएका थियो। विष्टलाई लिएको ऋण ३५ दिनभित्र चुक्ता गर्न कुमारी बैंकले अल्टिमेटम दिएको छ।

अविनास ह्याचरीले प्राप्त गरेको ऋण बैंकलाई समयमा तिर्नु बुझाउनुपर्ने साँवा ब्याज लगायतका रकम चुक्ता भुक्तान गर्न पटक पटक मौखिक एवं लिखित रुपमा सूचित गरी ताकेता गर्दासमेत चासो नदेखाई वेवास्ता गरेकोले अविनास ह्याचरीलाई ऋणकर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।

३५ दिनभित्र नतिरे प्रचलित ऐन, कानून, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु एवं यस बैंक कर्जा असली विनियमावली बमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री या अन्य व्यवस्था गरी बैंकले असूली गर्ने चेतावनी दिएको छ।

यस्तै कम्पनीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचिकृत गर्नसमेत लेखिपठाइने चेतावनी दिएको कुमारीले दिएको छ।

धितोबाट बैंकको सम्पूर्ण रकम असूल नभएमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ तथा अन्य प्रचलित नियम, कानून तथा कर्जा सम्झौताअनुसार ऋणी, सञ्चालक तथा जमानीकर्ताहरुको अन्य चलअचल जायजेथा तथा सम्पत्तिहरुबाट बैंकको ऋण असुल गरिने जानकारी दिएको छ।

नेपालमा पोल्ट्री व्यवसाय गर्न विष्टले २०५१ वैशाखमा अविनाश ह्याचरीको स्थापना गरेका हुन्। अविनासमा कुमारीका साथै सहवित्तियकरणअन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रवाह गरेका थिए।

कर्जाअन्तगर्त कुमारी बैंकले रोक्का राखेको अविनाश ह्याचरीको नाममा मालपोत कार्यालय नवलपरासीमा दर्ता कायम रहेको नवलपरासीको बेल्डीया, रत्न नगर नगरपालिकामा रहेको जग्गा लिलाम गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट