Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

छत्तीसगढमा रेल ठक्करमा ८ जनाको मृत्यु, धेरै घाइते

छत्तीसगढमा रेल ठक्करमा ८ जनाको मृत्यु, धेरै घाइते

एजेन्सी :  भारतको छत्तीसगढमा यात्रुबाहक रेलले रोकिराखेको मालवाहक रेललाई पछाडिबाट ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै यात्रु घाइते भएका छन्।

रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा भएको दुर्घटनामा यात्रुबाहक रेलको एउटा डब्बा मालवाहक रेलको डब्बामाथि चढेको थियो। रेलमाथि रेल चढेपछि मानिसहरू थिचिएका कारण उद्धार कार्य जटिल बनेको थियो।

उद्धार टोलीले क्रेन र फलाम काट्ने उपकरण प्रयोग गरी चुँडिएको डब्बा खोलेर घाइतेहरूलाई बाहिर निकाल्न सफल भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट