चितवन :
भरतपुर महानगरपालिका–२९ मा रहेको चौकी डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिल स्टेसन हो। तर रमणीय यो स्थलको अवस्था भने अहिले पनि दयनीय छ। हिमाल, पहाड र तराई एकै ठाउँबाट देखिने यस गन्तव्यमा आवश्यक पूर्वाधार नहुँदा विकासको सम्भावना ओझेलमा परेको छ।
चौकी डाँडाको ड्रोन दृश्य, हरियाली, हिमाल, सूर्योदय जति सुन्दर देखिन्छ, त्यति नै बेवास्ता भोगिरहेको छ — भरतपुर–२९ स्थित चौकी डाँडा।
समुद्री सतहबाट करिब १२०० मिटर उचाइमा अवस्थित यो रमणीय डाँडाबाट गणेश, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
खानेपानी र नारायणगढ क्षेत्रका धनाड्यहरूले राम्रो जग्गा खरिद गरे पनि कुनै राम्रो खालको संरचना नबाउदा पिडित छन् चौकी डाडा वासी । स्थानीय बस्ती, पशुपालन, पर्यटकहरू हिँड्दै, सडकको अवस्था, शान्त वातावरण, हरियाली र शीतल हावाले चौकी डाँडालाई पारिवारिक भ्रमणका लागि आकर्षक बनाएको छ।
तर सडक खुले पनि नियमित मर्मत नहुँदा वर्षा लाग्नेबित्तिकै स्थानिय बासिन्दा सास्तीमा पर्छन्। खानेपानी र अन्य आधारभूत सुविधाको अभावले स्थानीयहरू अझै समस्यामा छन्।
विवश गुरुङ, चौकी डाँडा टोल विकास संस्था भन्छन्,“यहाँबाट हिमालदेखि नारायणगढसम्मको दृश्य देखिन्छ, तर सरकारको ध्यान कम भएकाले पर्यटकीय विकास सुस्त छ।” राप्ती भ्यालीको रातको दृश्य, भ्यू टावर, घुम्न आएका युवाहरू भरतपुरबाट सडकमार्ग हुँदै करिब २६ किलोमिटर दुरीमा पुगिने चौकी डाँडाको औसत तापक्रम १७ डिग्री सेल्सियसको हाराहारीमा रहन्छ।
गर्मी समयमा जब भरतपुरमा उमसिलो तापक्रम हुन्छ, त्यतिबेला चौकी डाँडा शीतल र सुहावना बन्छ। रातको समयमा देखिने राप्ती भ्यालीको झलमल्ल दृश्यले दार्जिलिङ र सिक्किमको झल्को दिलाउँछ।
दिनेश कुमार चुके, अध्यक्ष, होटल व्यवसायी महासंघ भन्छन्,
“यो ठाउँले भरतपुरकै पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सक्छ, तर प्रदेश र स्थानीय सरकारको लगानी र चासो अत्यावश्यक छ।” परिवार घुम्दै, पिकनिक स्थल, सूर्योदय, पर्यटक सेल्फी लिँदै स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार चौकी डाँडा शान्त, हरियाली र परिवारसँग घुम्न उपयुक्त ठाउँ हो।
यहाँको भ्यू टावरबाट सूर्योदय र सूर्यास्तको दृश्यले जो कोहीलाई मोहित बनाउँछ। प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण चौकी डाँडा उचित पूर्वाधार र प्रचार–प्रसार भयो भने भरतपुरकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ।