Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अमेरिकामा १५ वर्षमा पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइयो

अमेरिकामा १५ वर्षमा पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइयो

क्यारोलिना : अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुष आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको हत्या गरेको आरोपमा दोषी ठहरिएपछि मृत्युदण्ड दिइएको छ। यस घटनामा ब्राड सिग्मनलाई शुक्रबार गोली हानेर मृत्युदण्ड दिइएको थियो।

पछिल्लो १५ वर्षमा गोली चलाउने टोलीले कसैलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो। सिग्मन (६७) ले २००१ मा आफ्नी पूर्व प्रेमिकाकालाई अपहरण गर्नुअघि आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए।

सिग्मनले नै आफूलाई गोली हानी मार्नु पर्ने अनुरोध गरेका थिए। अमेरिकामा मृत्युदण्ड तीन तरिकाले दिइन्छ- पहिलो घातक सुई, दोस्रो विद्युतीय कुर्सी र तेस्रो फायरिङ स्क्वाड।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij