Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अक्षर समूह चितवनद्वारा तीन कृति एकसाथ सार्वजनिक

अक्षर समूह चितवनद्वारा तीन कृति एकसाथ सार्वजनिक

चितवन :  अक्षर समूह चितवनको आयोजनामा बडा दशै २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो।

भरतपुरको होटल अशोकामा आयोजित कार्यक्रममा रमेश प्रभातको गजल संग्रह आँगनिमा फूल रोपे , किसान प्रेमीको पीडाको पहाड र धादिङका सुजन कँडेलको मुक्तक संग्रह सिमलि सम्पूर्णरुपमा एकमुस्ट लोकार्पण गरिएको हो। तीन ओटा कृतिको विमोचन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान अध्यक्ष प्रा डा नारायण प्रसाद खनालले गरे।

कार्यक्रममा लोकार्पण गरिएका कृतिको कवि सामना पहाडले टिप्पणी प्रस्तुत गरिन। त्यस कार्यक्रममा तिनै जना कृतिकारले आफ्ना गजल र मुक्तक वाचन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले गरेका थिए ।

समग्र नेपाली साहित्य समाजमा नव प्रतिभा र पुराना साहित्यकारको एउटै मञ्चमा कृतिको विमोचन समारोहको सहजकर्ता लेखक विनोदबाबु रिजालले गरे। कार्यक्रममा चितवनका प्रमुख साहित्यिक संस्थाका प्रतिनिधि र प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तीन ओटा कृतिको प्रकाशक क्रमश चितवन साहित्य परिषद, गजल मञ्च चितवन, सुन्दर स्वदेश प्रकाशन रहेको छ। सबै कृति सम्पूर्ण किताब नारायणगढमा उपलब्ध हुने जानकारी दिँदै संस्थाका अध्यक्ष लेखराम सापकोटाले कार्यक्रममा सहभागी सबै सबै साहित्यकारहरूमा हार्दिक धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij