Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पुल भाँचिने गरि भारतीय ट्रकमा सामान ल्याउने शिवम सिमन्टलाई सरकारले तिरायो ८६ लाख क्षतिपूर्ती

पुल भाँचिने गरि भारतीय ट्रकमा सामान ल्याउने शिवम सिमन्टलाई सरकारले तिरायो ८६ लाख क्षतिपूर्ती

 पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी गरुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने शिवम सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको छ । एन एल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा सामान ल्याउने शिवस सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन ईन्जिनियर नारायण प्रसाद लामिछानेले जानकारी दिए ।

शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि. मार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उनले जानकारी दिए । गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका ईन्जिनियर आषिश नेपालले जानकारी दिए ।

क्षतिपूर्ति तिरेसँगै आइन्दा पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिए । ८६ लाखले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उनको भनाइ छ ।

यस अघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाचिएका थिए । जीर्ण अवस्थामा रहेका यि पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij