रौतहट: प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार गरी २ दिनमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।विभिन्न मुद्धामा फरार रहेका व्यक्तिहरूलाई खोज तलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दाखिला गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहट राजपुर–४ बस्ने वर्ष ३० का राम प्रवेश साह, राजपुर– ५ बस्ने वर्ष ३० का धर्वेन्द्र भगत माली, राजपुर–४ बस्ने वर्ष २१ का कमरे आलम, राजदेवी– ९ बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह रहेका छन् ।
त्यसैगरी रौतहटको गौरनगरपालिका–४ बस्ने वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ बस्ने वर्ष ४० का मोनोफ मिँया, यमुनामई गाउँपालिका २ बस्ने वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी, फतुवाबिजयपुर नगरपालिका ३ बस्ने वर्ष ३७ का पन्ना लाल साह, राजदेवी नगरपालिका–७ बस्ने वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादवलगायत पक्राउ परेका जिल्ला प्रहरी कर्यालयका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय जनकारी दिनुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij