Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भारतमा बी-टेक पढिरहेकी नेपाली विद्यार्थी मृत फेला

भारतमा बी-टेक पढिरहेकी नेपाली विद्यार्थी मृत फेला

काठमाडौं : भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।

केआईआईटीमा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी हुन्।

कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ ।

तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij