Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सडक निर्माणको क्रममा एक मजदुरको मृत्यु

सडक निर्माणको क्रममा एक मजदुरको मृत्यु

संखुवासभा: संखुवासभाको धर्मदेवी नगरपालिका-२, तामाफोकमा सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ ।धर्मदेवी-२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय खड्ग बहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

आइतबार अपरान्ह भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय मजदुर लिङ्खाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij