काठमाडौं : घरहरुमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।बूढानीलकण्ठ नगरपालिका–७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर तामाङ, पाँचपोखरी–७ घर भएका निराजन आचार्य, पाँचपोखरी–७ का नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन्।
यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ ।प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ। पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij