Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला

डडेल्धुरा : डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला पर्नुभएको छ ।

अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उहाँ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।

तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij