Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ

बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ

काठमाडौँ : बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले बताए ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij