बस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेको पोथी पाटे बाघ करिब सात घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको छ ।ठाकुरबाबा नगरपालिका अन्तर्गत अम्रेनी स्थितबाट बिहीबार बिहान ९ बजे पोथी पाटे बाघलाई डाँट गरी नियन्त्रणमा लिइएको हो । उक्त पोथी बाघले बस्तीमा पसेर खसी बाख्रा खाएर स्थानीयलाई दुःख दिइरहेको थियो । बस्तीतर्फ बाघ आएको राती १ बजे फोनमार्फत जानकारी आएको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्त बहादुर मगरले बताए ।
‘थप मानवीय क्षति रोक्न समस्याग्रस्त बाघ नियन्त्रणमा लिएका छौँ,’रेन्जर मगरले भने,‘नियन्त्रणमा लिइएको बच्चा पोथी पाटे बाघ हो ।’ बाघको स्वास्थ्य चेकजाँच भइरहेको छ । बाघलाई कहाँ लैजाने तत्काल भन्ने स्थिति छैन । नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले बाघ नियन्त्रण लिन सफल भएको छ ।रम्मापुर वन्यजन्तु उद्धार केन्द्रमा ३ वटा र ठाकुरद्वारा निकुञ्जको मुख्यालयमा २ वटा गरी ५ वटा पाटे बाघ उद्धार केन्द्रमा रहेको रेन्जर मगरले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij