Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१२ वर्षअघि जेलबाट फरार भएका ठकुरी पक्राउ

१२ वर्षअघि जेलबाट फरार भएका ठकुरी पक्राउ

कैलाली : कैलाली कारागारबाट भागेका देव सिंह ठकुरी १२ वर्षपछि पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका ७ बस्ने देव १२ वर्षपछि भारतबाट पक्राउ परेका हुन्।१२ वर्षदेखि फरार रहेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। सिंहलाई १२ वर्षअघि अदालतले ८ वर्षको कैद सजाय सुनाएपछि जेलबाट फरार भएका थिए।

ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

नेपाल सरकारविरुद्ध गतिविधि गरेको आरोपमा अदालतले दोषी ठहर गरेका सिंह २०६९ सालमा कैलालीको साबिक गोदावरी गाविसमा घटेको एक घटनामा संलग्न रहेको भन्दै सजाय तोकेको थियो।

सिंहलाई ८ वर्ष कैद सजाय सुनाइएको थियो तर उनी फैसला हुनुअघि नै फरार भएका थिए। १२ वर्षसम्म फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता कबिन्द्र सिंह बोहराले बताए।पक्राउ परेका सिंहलाई आवश्यक कानुनी प्रक्रियासहित कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij