Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अनलाइन बेटिङमार्फत् अर्बौंको कारोबार गर्ने २३ भारतीय नागरिक सार्वजनिक

अनलाइन बेटिङमार्फत् अर्बौंको कारोबार गर्ने २३ भारतीय नागरिक सार्वजनिक

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनको आयोजना गरी २३ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुलाई सट्टाबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीलाई गोप्य सूचनाको आधारमा बुढानिलकण्ठको एक घरमा अनलाइन जुवा खेलाइरहेको सूचना पाएको थियो।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त टोलीले दोर्जे शेर्पाको घरमा छापा मारेको थियो।

छापा मार्ने क्रममा अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले लोटस ३६५ नामक अनलाइनमार्फत् अर्बौंको कारोबार गरेको भेटिएको थियो ।

अनुसन्धानकै क्रममा क्रिप्टो करेन्सीमा ८६ करोड ९१ लाख ९७ हजार बढीको कारोबार देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

उनीहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँ, ८८ थान मोबाइल, १० थान ल्यापटप, ५० थान भारतीय सिमकार्ड, १५ थान भारतीय आधारकार्ड, ९ थान भारतीय एटिएम कार्ड, ५ थान भारतीय स्थायी लेखा नम्बर कार्ड र ३ थान भारतीय ड्राइभिङ लाइसेन्स बरामद गरिएको छ।

पक्राउ परेका भारतीय नागरिकहरू:

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij