काठमाडौं : चोरीको मोबाइलको विषयमा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ ।काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा गत आइतबार बिहान दुई समूहबीच झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एउटा मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।झडपपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल लगेको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए । झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा युनिक लामा भनिने नुर्वु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र २० वर्षीय विशाल तामाङ रहेका छन् ।शेर्पाविरुद्ध पाँच र तामाङ विरुद्ध दुईपटक यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्रयाकिङ भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij