Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, एक जना घाइते

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, एक जना घाइते

नुवाकोट: नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले जिल्लाको लिखु गाउँपालिका-५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका-५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया-५ का २५ वर्षीय प्रमोद थापा उपचार भइरहेको छ । माइक्रोबसका चालक विदुर नगरपालिका-४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij