काठमाडौँ : काठमाडौँको चाबहिल स्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् ।
छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाका एक जना अधिकृतले बताए । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij